अमेरिकामा घरबारविहीनहरुको सङ्ख्या १८ प्रतिशतले बढ्यो

एजेन्सी, १३ पौष । अमेरिकामा घरबारविहीनहरुको सङ्ख्या १८ प्रतिशत भन्दा धेरैले बढेको छ ।

सन् २०२३ को तुलनामा २०२४ मा घरबारविहीनको सङ्ख्या १८ दशमलव एक प्रतिशतले बढेर सात लाख ७१ हजार चार सय ८० जना पुगेको समाचारसंस्था एपीले जनाएको छ ।

अमेरिकी आवास तथा शहरी विभागले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार घरबारविहीनहरु हुनेहरुमध्ये ८० हजार भन्दा धेरै बालबालिका भएका परिवार छन् ।

अमेरिकाको सङ्घीय सरकारले २० वर्षदेखि घरबारविहीनहरुको तथ्याङ्क राख्न थालेको हो । यस पटक भएको वृद्धी त्यसयताकै उच्च भएको प्रतिवेदनमा उल्लेख छ ।

घरबारविहीनहरुको सङ्ख्या बढ्नुमा आप्रवासीहरूको आगमन मुख्य कारण रहेको छ । सीमामा कमजोर सुरक्षाको कारण आपवासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रवासी बेरोजगार बन्ने र घरबारविहीन हुने क्रम बढ्ने गरेको छ ।

यसबाहेक दुर्व्यसनीका कारण पनि अमेरिकीहरूले आफ्नो आश्रयस्थल गुमाउँदा घरबारविहीनहरु बन्ने गरेका प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार

काठमाडौँ, १६ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपालको टोली घोषणा

काठमाडौँ, १५ असोज । भुटानविरुद्धको टी–२० अभ्यास खेल खेल्ने क्यानको अन्तिम टोली घोषणा भएको छ । बुधबार नेपाल क्रिकेट संघ(क्यान)