चीनले तिब्बतमा विश्वकै ठूलो बाँध बाँध्ने

काठमाडौँ, १२ पौष । चीनले तिब्बतको यारलुङ साङ्गपो नदीमा शक्तिशाली बाँध बाँधेर बिजुली निकाल्ने घोषणा गरेको छ ।

यहाँ बाँध बाँधेर थ्री गर्जेजबाट भन्दा तीन गुणा बढी बिजुली उत्पादन गर्ने चीनको योजना छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीन सरकारले त्यसका लागि १३७ अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । विशेषज्ञहरुका अनुसार यो बाँध पृथ्वीकै सबैभन्दा ठूलो हुने अनुमान छ ।

यारलुङ नदीको बाँध निर्माण कहिलेदेखि सुरु हुन्छ र ठ्याक्कै कहाँनेर बन्छ भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । तर यो बाँध चीन–भारतको सीमा क्षेत्र नजिकको भूकम्प गइरहने र बढी वर्षा हुने क्षेत्रमा बन्ने अनुमान छ ।

चिनियाँ अधिकारीहरुका अनुसार यहाँ बाँध बाँधेर ३०० अर्ब किलोवाट बिजुली उत्पादन गरिने छ । चीनको थ्री गर्जेज बाँधबाट ८८.२ अर्ब किलोवाट (२२ हजार पाँच सय मेगाबाट ) बिजुली उत्पादन हुँदै आएको छ । चीनले बनाउन लागेको नयाँ जलविद्युत आयोजनाको क्षमता ७० हजार मेगाबाट भन्दा धेरै हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार

काठमाडौँ, १६ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपालको टोली घोषणा

काठमाडौँ, १५ असोज । भुटानविरुद्धको टी–२० अभ्यास खेल खेल्ने क्यानको अन्तिम टोली घोषणा भएको छ । बुधबार नेपाल क्रिकेट संघ(क्यान)