दृष्टिविहीनका लागि आश्रयसहितको विद्यालय निर्माण गर्छौ: मुख्यमन्त्री सिंह

जनकपुर, ९ पौष । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनका लागि आश्रयसहितको विद्यालय मधेस प्रदेशको राजधानीमा निर्माण तथा सञ्चालन गर्ने अभियानमा प्रदेश सरकारले सघाउने बताएका छन् ।

जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका दृष्टिविहीनको एक समूहसँगको भेटमा मुख्यमन्त्री सिंहले आश्रयसहितको विद्यालयका लागि जग्गा उपलब्ध नहुँदासम्म वैकल्पिक व्यवस्थापनतर्फ लाग्नुपर्ने बताए । उनले दृष्टिविहीनको कल्याणका लागि स्थानीय सरकार तथा स्वयंसेवी संस्थासँग समन्वय गर्ने जानकारी गराए । मुख्यमन्त्री सिंहसँगको भेटमा दृष्टिविहीन समूहले आफूहरूको बास र लेखपढ व्यवस्थापनका लागि अघिल्ला प्रदेश सरकारले सुनुवाइ नगरेको गुनासो गरेको हो ।

“जनकपुरधाममा गुठीको जग्गा छ र गुठीको जग्गा प्राप्तिमा निकै कठिनाइ हुने हुँदा तत्काल अपाङ्गता भएकाका लागि सञ्चालित कुनै संस्थाको भवनमा दृष्टिविहीनका लागि विद्यालय सञ्चालन गर्ने विकल्पतिर सोच्नुपर्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान

काठमाडौँ, २ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका