दृष्टिविहीनका लागि आश्रयसहितको विद्यालय निर्माण गर्छौ: मुख्यमन्त्री सिंह

जनकपुर, ९ पौष । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनका लागि आश्रयसहितको विद्यालय मधेस प्रदेशको राजधानीमा निर्माण तथा सञ्चालन गर्ने अभियानमा प्रदेश सरकारले सघाउने बताएका छन् ।

जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका दृष्टिविहीनको एक समूहसँगको भेटमा मुख्यमन्त्री सिंहले आश्रयसहितको विद्यालयका लागि जग्गा उपलब्ध नहुँदासम्म वैकल्पिक व्यवस्थापनतर्फ लाग्नुपर्ने बताए । उनले दृष्टिविहीनको कल्याणका लागि स्थानीय सरकार तथा स्वयंसेवी संस्थासँग समन्वय गर्ने जानकारी गराए । मुख्यमन्त्री सिंहसँगको भेटमा दृष्टिविहीन समूहले आफूहरूको बास र लेखपढ व्यवस्थापनका लागि अघिल्ला प्रदेश सरकारले सुनुवाइ नगरेको गुनासो गरेको हो ।

“जनकपुरधाममा गुठीको जग्गा छ र गुठीको जग्गा प्राप्तिमा निकै कठिनाइ हुने हुँदा तत्काल अपाङ्गता भएकाका लागि सञ्चालित कुनै संस्थाको भवनमा दृष्टिविहीनका लागि विद्यालय सञ्चालन गर्ने विकल्पतिर सोच्नुपर्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित