देउवा र प्रचण्डद्वारा विजेता एनपीएल जनकपुरलाई ट्रफी प्रदान

काठमाडौँ, ६ पौष । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको विजेता टिम जनकपुर बोल्ट्सलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रफी हस्तान्तरण गरेका छन् ।

आज सुदूरपश्चिम रोयल्सलाई हराउँदै च्याम्पियन बनेको जनकपुरलाई ट्रफी हस्तान्तरण गर्दा देउवा र प्रचण्डसँगै नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै उपाधि जितेको हो । सुदूरपश्चिमले प्रस्तुत गरेको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । ट्रफी लिन जनकपुरका मार्की खेलाडी आसिफ शेख र नियमित कप्तान अनिल साह मञ्चमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद

काठमाडौँ, १३ असोज । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । प्रहरीका अनुसार बागलुङको विभिन्न स्थानमा

काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी

काठमाडौँ, १३ असोज । अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ ।