श्रीलंकाको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

एजेन्सी, ६ पौष । श्रीलंकाको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकले प्रक्षेपण गरेको छ । 

केन्द्रीय बैंकका अनुसार कृषि गतिविधि ३ प्रतिशत, उद्योग १०.८ प्रतिशत र सेवा गतिविधि २.६ प्रतिशतले बढेको छ । अक्टोबर सन् २०२४ मा चिया उत्पादनमा गिरावट भए पनि कुल उत्पादन जनवरी र अक्टोबर बीचमा थोरै वृद्धि भएको छ ।

रबर उत्पादनले अक्टोबरमा उल्लेखनीय वार्षिक वृद्धि हासिल गर्दै स्थिर सुधार देखाएको केन्द्रीय बैंकले जनाएको छ । सन् २०२४ को पहिलो दश महिनामा नरिवलको उत्पादन वर्षैपिच्छे घटेको केन्द्रीय बैंक्ले जनाएको छ । गत वर्ष डिसेम्बर २० सम्ममा अमेरिकी डलरको तुलनामा श्रीलंकाली रुपैयाँ १०.७ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७