वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नमिल्ने सर्वोच्चको ठहर

काठमाडौँ, ४ पौष । सर्वोच्च अदालतले सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा वडाध्यक्ष रहने प्रावधान कानून विपरीत भएको ठहर गरेको छ ।

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष स्वतः वडा अध्यक्ष हुने प्रावधान लागू गरेको थियो । यो प्रावधान सङ्घीय कानून विपरीत भएको अदालतले ठहर गरेको हो ।

महानगरको निर्णयको विरुद्धमा १७ वटा सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूले दायर गरेको रिट निवेदनमा सर्वोच्चले पालिकाको एकल अधिकार क्षेत्रको कानून बनाउँदा समेत सङ्घीय कानून प्रतिकूल हुन नहुने व्याख्या गरेको छ ।

संवैधानिक इजलासले गरेको फैसलाको हालै सार्वजनिक भएको पूर्णपाठमा शिक्षासँग सम्बन्धित कानून बनाउँदा पालिकाले एकलौटी गर्न नमिल्ले उल्लेख छ । फैसलामा शिक्षा राष्ट्रिय महत्त्व र सरोकारको विषय भएकाले यसलाई संविधानले नै सङ्घ, प्रदेश र पालिका तीनवटै तहको समान सरोकार राख्न खोजेको पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म  ७३४ जनाको शव फेला परेको छ । चितवनमा

काठमाडौँ, १४ भदौ । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ । प्रहरीका अनुसार शनिबार राति करिब १२ बजे स्थानीय

काठमाडौँ, १४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको

काठमाडौँ, १४ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ