गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त

एजेन्सी, ४ पौष । गाजा पट्टीमा इजरायलले १५ महिनदेखि गरिरहेको आक्रमणका कारण यस क्षेत्रमा सञ्चालित बैङ्कहरूको झण्डै ९३ प्रतिशत शाखाहरू नष्ट भएको विश्व बैङ्कले जनाएको छ ।

जेरुसेलममा वितरण गरिएको एक प्रतिवेदनमा विश्व बैङ्कले युद्धले ८८ प्रतिशत लघुवित्त संस्था, अधिकांश मुद्रा विनिमय सेवा र ८ प्रतिशत बीमा कम्पनीलाई पनि नष्ट गरेको बताएको छ ।

विश्व बैङ्क र प्यालेस्टाइन मौद्रिक प्राधिकरणको तथ्याङ्कअनुसार गाजामा ९४ वटा एटीएममध्ये अहिले तीन वटा मात्र सञ्चालनमा रहेका प्रतिवेदनमा भनिएको छ । गाजाका प्यालेस्टिनीहरूले खाद्यान्न र औषधि लगायतका आधारभूत वस्तुहरू र सेवाहरू पाउन सङ्घर्ष गरिरहेका समाचार संस्था एएफपीले जनाएको छ ।

बैङ्किङ प्रणालीमा भइरहेको अवरोधहरूले निजी क्षेत्रको उत्पादन पुनः शुरु गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने काममा बाधा पुर्‍याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर