फिफा इन्टर कन्टिनेन्टल कप रियल मड्रिडले जित्यो

काठमाडौँ, ४ पौष । स्पेनिस क्लब रियल मड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ ।

बुधबार राति भएको खेलमा मेक्सिकन क्लब पाचुकालाई ३-० गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो । रियलको जितमा किलियन एमबापे, रोड्रिगो र भिनिसियस जुनियरले एक-एक गोल गरे ।

खेलको ३७औं मिनेटमा एमबापेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको रियलले दोस्रो हाफमा दुई गोल थप्यो ।

५३औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८४औं मिनेटमा भिनिले पेनाल्टीमार्फत गोल गर्दै रियलको ३-० को जित सुनिश्चित गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१०

काठमाडौँ, १६ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट

काठमाडौँ, १६ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १६ भदौ । २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल ।  मेष : दिन राम्रो छ । नयाँ साथीसँगको भेटले