ट्रम्पद्वारा भारतलाई चेतावनी

वासिङ्टन डिसी, ३ पौष । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले भारतलाई चेतावनी दिएका छन् ।

राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि उनले भारतमा पठाइने अमेरिकी सामानमा लगाइएको करबारे कडा अभिव्यक्ति दिएका हुन् । 

भारतले अमेरिकी सामानमा जति कर लगाउँछ, अमेरिकाले पनि भारतीय सामानमा त्यही नै कर लगाउने ट्रम्पको भनाइ छ । देशहरूले अमेरिकाबाट आउने सामानमा लगाइएको उच्च अतिरिक्त महसुलको जवाफमा अमेरिकाले पनि ती सबै देशबाट अमेरिकामा भित्रिने सामानमा त्यही स्तरको अतिरिक्त महसुल अर्थात् रेसिप्रोकल ट्यारिफ लगाउने मनसाय दोहोर्‍याएका छन् । 

‘यदि कसैले हामीहरूमाथि कर थोपर्छ भने हामी पनि उनीहरूमाथि उति नै कर लगाइदिन्छौँ’, सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै ट्रम्पले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर