जेलेन्स्कीद्वारा रूसले भत्काउन नसक्ने ‘स्थायी शान्ति’को आह्वान

टालिन, ३ पौष । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मंगलबार रुसले तोड्न नसक्ने ‘वास्तविक, स्थायी शान्ति’का लागि आह्वान गर्दै अर्को वर्ष युद्ध अन्त्य हुने आशा व्यक्त गरेका छन् ।

जेलेन्स्कीले टालिनमा संयुक्त अभियान बल (जेइएफ) शिखर सम्मेलनमा भिडियो सम्बोधनमा कुरा गरे । सम्मेलनमा यो हप्ता १० उत्तरी युरोपेली मुलुकका प्रतिनिधिहरू भेला भएका थिए ।

“हामी सबैले बुझ्छौँ कि अर्को वर्ष यो युद्ध समाप्त हुने वर्ष हुनसक्छ । हामीले यसलाई सम्भव बनाउनुपर्छ,” जेलेन्स्कीले भने, “हामीले शान्ति स्थापना गर्न आवश्यक छ जुन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब तोड्न सक्नु हुनेछैन, शान्ति एक विराम मात्र होइन, तर वास्तविक, स्थायी शान्ति हो ।”

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गर्दा लडाइँ रोक्न द्रुत सम्झौता गर्न दबाब दिने प्रतिज्ञा गरेका छतन् । यसले किएभ र युरोपमा युक्रेनलाई मस्कोमा सहुलियत दिन दबाब दिनसक्ने डर उत्पन्न गरेको छ ।

जेइएफ सम्मेलनका सदस्यहरूले पनि उचित र स्थायी शान्तिको महत्त्वलाई जोड दिए । “एक व्यापक, न्यायपूर्ण र स्थायी शान्तिका लागि युक्रेनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्रका सम्पूर्ण क्षेत्रबाट सबै रूसी सेना र सैन्य सम्पत्तिहरू पूर्ण र बिनासर्त फिर्ता लिन आवश्यक छ,” उनीहरूले मंगलबार संयुक्त विज्ञप्तिमा भने ।

जेइएफमा इस्टोनिया, लाटभिया र लिथुआनिया जस्ता बाल्टिक राज्यहरू, डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे र स्वीडेन जस्ता नर्डिक राज्यहरू, साथै नेदरल्यान्ड्स र संयुक्त राज्य अधिराज्य समावेश छन् । ती मुलुकले युक्रेनालाई आफ्नो सैन्य सहायता आउँदो वर्ष १२ अर्ब युरोसम्म पुर्‍याउने बताएका छन् । एएफपी


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर