भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प

एजेन्सी, २ पौष । प्रशान्त महासागरको टापु देश भानुआटुमा मंगलबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

नेपाली समय अनुसार आज बिहान साढे ७ बजे भूकम्प गएको हो । भूकम्पको केन्द्र राजधानी पोर्टभिलाबाट करिब ३० किलोमिटर पश्चिममा थियो ।

भूकम्पपछि दिउँसो १२ बजेतिर ५.५ म्याग्निच्युडको परकम्प समेत आएको थियो । यसलाई भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प भनिएको छ ।

घाइतेहरुलाई उद्धार गर्दै अस्पताल लैजाने काम जारी छ । अस्पतालको आकस्मिक कक्ष बाहिर थुप्रै घाइते र तिनका आफन्तहरुको भिड देखिन्छ । केही घाइतेहरुको मृत्यु समेत भएका समाचार सार्वजनिक भइरहेका छन् । तर मृतकको संख्या यो समाचार तयार पार्दासम्म सार्वजनिक भइसकेको छैन । उद्धारकर्मी र स्वास्थ्यकर्मीहरु घाइतेहरुको उपचारमा व्यस्त देखिन्छन् ।

भानुआटु जंगल एडभेन्चर कम्पनीका डाइरेक्टर माइकल थम्प्सनले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘सडकमा थुप्रै मानिसहरु लडिरहेको देखेको थिएँ । धेरै घरहरु भत्किएका छन् । भग्नावशेषमा कसैलाई जिवितै उद्धार गर्न सकिन्छ कि भनेर ठूलो उद्धार अभियान चलिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर