सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा, २ पौष । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुणस्तरीय साथै व्यावहारिक शिक्षा प्रदान गरी दक्ष, सक्षम तथा नैतिकवान नागरिक तयार गर्नु सबैको जिम्मेवारी र दायित्व भएको बताएका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको सुकुना माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा सोमवार मुख्यमन्त्री कार्कीले   सार्वजनिक शिक्षाको रुपान्तरण, वातावरणमैत्री शैक्षिक संस्थाको निर्माण, गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, अनुसन्धान र ज्ञानमा आधारित उच्च शिक्षा दिनुपर्नेमा जोड दिए ।

उनले शैक्षिक विकासका लागि सुकुना माध्यमिक विद्यालयले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरे । उनले विद्यालयले कोशी प्रदेश सरकारको शैक्षिक नीति बमोजिम शैक्षिक योजना बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म  ७३४ जनाको शव फेला परेको छ । चितवनमा

काठमाडौँ, १४ भदौ । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ । प्रहरीका अनुसार शनिबार राति करिब १२ बजे स्थानीय

काठमाडौँ, १४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको

काठमाडौँ, १४ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ