सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा, २ पौष । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुणस्तरीय साथै व्यावहारिक शिक्षा प्रदान गरी दक्ष, सक्षम तथा नैतिकवान नागरिक तयार गर्नु सबैको जिम्मेवारी र दायित्व भएको बताएका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको सुकुना माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा सोमवार मुख्यमन्त्री कार्कीले   सार्वजनिक शिक्षाको रुपान्तरण, वातावरणमैत्री शैक्षिक संस्थाको निर्माण, गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, अनुसन्धान र ज्ञानमा आधारित उच्च शिक्षा दिनुपर्नेमा जोड दिए ।

उनले शैक्षिक विकासका लागि सुकुना माध्यमिक विद्यालयले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरे । उनले विद्यालयले कोशी प्रदेश सरकारको शैक्षिक नीति बमोजिम शैक्षिक योजना बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित