सिरियामा दूतावास खोल्दैछ कतार

एजेन्सी, १ पौष । सिरियामा बशर अल–असदको सरकार सत्ताबाट हटेको छ ।

अहिले सिरियालाई विद्रोही समूहले सत्ता कब्जा गरेको छ । यस्तोमा विश्वभरका देशहरूले त्यहाँ बनेको नयाँ सरकारलाई स्वीकार गरेर उनीहरूसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न थालेका छन् । 

कतारको दूतावासले १३ वर्षपछि मङ्गलबारदेखि दमास्कसमा पुनः काम सुरु गर्ने भएको छ । कतारले १३ वर्षअघि सरकार विरोधी विद्रोहको प्रारम्भिक चरणमा दमास्कसस्थित आफ्नो दूतावास बन्द गरेको थियो । यो विद्रोहपछि सिरियामा गृहयुद्ध सुरु भयो, जुन १३ वर्षसम्म चल्यो । 

संसारका अन्य देशहरूले पनि गृहयुद्धको समयमा बशर अल–असदको सरकारसँग सम्बन्ध जारी राखेका थिए । तर कतारले भने त्यस्तो गरेन । टर्कीले पनि १२ वर्षपछि दमास्कसमा आफ्नो दूतावास पुनः खोलेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर