एनपीएलमा आज पनि दुईवटा खेल हुँदै

काठमाडौँ, २८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुईवटा खेल हुँदैछन् ।

पहिलो खेलमा बिहान नौ बजे लुम्बिनी लायन्स र कर्णाली याक्स खेल्नेछन् । पाँचमध्ये तीन खेल जितेको कर्णाली लिग तालिकाको चौथो र छ खेलमध्ये एक खेल जितेको लुम्बिनी सातौँ स्थानमा छन् ।

यस्तै दोस्रो खेलमा दिउँसो एक बजे विराटनगर किङ्गस् र चितवन राइनोज खेल्दैछन् । पाँचमध्ये ३ खेल खेलेको चितवन तेस्रो र पाँच खेलमध्ये एक खेल जितेको विराटनगर तालिकाको पुछारमा छ ।

एनपीएलअन्तर्गत हिजो भएका खेलमा जनकपुर बोल्ट्सले काठमाण्डौ गुर्खाजलाई र पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई पराजित गरेका छन् । जनकपुर एक खेल अघि नै प्ले अफमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा चलिरहेको एनपीएलको प्लेअफमा पुग्ने जनकपुर पहिलो टोली बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू