इजरायलको आक्रमणमा ३३ प्यालेस्टिनीको मृत्यु

गाजापट्टी, २७ मंसिर । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा ३३ जना प्यालेस्टिनीको ज्यान गएको जनाएको छ ।

प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागहरूमा सहायता ट्रकहरू सुरक्षित गरिरहेका १२ गार्डसहित साे संख्यामा ज्यान गुमाएका हुन् । 

संयुक्त राष्ट्रसंघको महासभाले ध्वस्त क्षेत्रमा तत्काल युद्धविरामको आह्वान गरेको केही घन्टापछि पछिल्लो रक्तपात भएको हो । रफाहमा भएको आक्रमणमा सात र खान युनुसमा पाँचजना गार्ड मारिएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताए । 

“कब्जाले एकपटक फेरि सहायता ट्रकहरू सुरक्षित गर्नेहरूलाई लक्षित गर्‍याे,” आक्रमणमा अधिकांश बालबालिकासहित करिब ३० जना घाइते भएको भन्दै बासलले भने । इजरायली सेनाले दक्षिणी गाजाको मानवीय कोरिडोरमा उपस्थित सशस्त्र हमास लडाकूहरूमाथि ‘सटिक आक्रमण’ गरेको बताएको छ ।  

“मारिएका सबै आतंककारी हमासका सदस्यहरू थिए र उनीहरूलाई गाजाका नागरिकहरूसम्म पुग्नबाट रोक्न निरन्तर आतंकवादी गतिविधिको समर्थनमा हिंसात्मक रूपमा मानवीय सहायता ट्रकहरू अपहरण गरेर हमासलाई हस्तान्तरण गर्ने योजना बनाएका थिए,” सेनाले विज्ञप्तिमा दाबी गरेको छ । संयुक्त राष्ट्रसंघ र अन्य सहायता एजेन्सीहरूले गाजापट्टीमा १४ महिनाभन्दा बढी समयदेखि जारी युद्धले बढाएको गम्भीर मानवीय संकटबारे बारम्बार चेतावनी दिएका छन् । एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर