काठमाडौँ, २७ मंसिर । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।
पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बैठक स्थगित भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले बैठक स्थगित भएको जानकारी दिए । आजको स्थायी समिति बैठक स्थगित भएको र भोलि बिहान ११ बजे बैठक बस्ने छ । नेताहरूका अनुसार बैठकबाट सरकारले संविधान संशोधनको प्रयास अगाडि बणउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय हुनेछ ।