वैज्ञानिकले बनाए एचआईभीविरुद्धको खोप

वासिङ्टन, २७ मंसिर । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो ।

डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको उपचार खोजी गरिरहेका छन् । हालै वैज्ञानिकहरूले यस विषयमा ठुलो उपलब्धि हासिल गरेका छन् । 

उनीहरूले एचआइभी सङ्क्रमण रोक्ने खोप बनाएका हुन् । एचआईभी सङ्क्रमण रोक्न यो खोप ९६ प्रतिशतसम्म प्रभावकारी रहेको वैज्ञानिकहरूले बताएका छन् ।

यो सुईको नाम लेनाकापाभिर हो। वैज्ञानिकहरूका अनुसार यो खोपको एक वर्षमा दुई डोज लगाएमा व्यक्ति एचआइभी सङ्क्रमणको जोखिमबाट पूर्णरुपमा सुरक्षित रहनेछ ।

अमेरिकी बायोफार्मास्युटिकल कम्पनी गिलियडद्वारा जारी गरिएको र न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित तथ्याङ्क अनुसार लेनाकापाभिर खोप फेज-३ परीक्षणको क्रममा एचआइभी सङ्क्रमण रोक्न १००% प्रभावकारी थियो। यो खोप दक्षिण अफ्रिका र युगान्डाका ५ हजार महिलामा सफलतापूर्वक परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७