२०३४ को विश्वकप साउदीमा हुने

काठमाडौँ, २७ मंसिर । नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरबलाई फिफाले १० वर्षपछि हुने पुरुष फुटबल विश्वकप–२०३४ प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको छ ।

फिफा मुख्यालयमा बुधबार भएको मतदानमा साउदी एक्लैले विश्वकप आयोजनाको जिम्मेवारी पाएको हो । साउदी अरबले विश्वकप फुटबल आयोजनाको जिम्मेवारी पाएको फिफाको घोषणाले त्यस देशका नागरिकमा मात्र खुसी छाएको छैन ।

त्यो खुसीमा साउदीको विकासमा श्रम–पसिना बगाइरहेका १ करोड ३४ लाख आप्रवासी श्रमिक पनि जोडिएका छन् । आप्रवासी श्रमिकको यो संख्या साउदीको कुल जनसंख्याको ४२ प्रतिशत हिस्सा हो, जसमा ४ लाख नेपाली श्रमिक पनि छन् ।

पछिल्लो १० वर्षमा साउदीमा १३ लाख ५२ हजार ८ सय नेपालीले श्रम गरेका छन्, जसमा १ लाख ११ हजार महिला छन् । कोभिडपछि वैदेशिक रोजगारीको अवसर खस्कँदै गएका बेलामा समेत साउदीले थप अवसर दिएको थियो र दिँदै पनि आएको छ । गतवर्ष मात्र ८ सय महिलासहित १ लाख ४८ हजार नेपाली श्रमिक साउदी गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित संयुक्त

काठमाडौँ, १३ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ।  बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख