दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीले छापा

एजेन्सी, २६ मंसिर । दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक–योलको कार्यालय र प्रहरी मुख्यालयमा बुधबार छापा मारेको छ ।

दक्षिण कोरियाको योनहाप समाचार संस्थाका अनुसार, सियोल महानगरीय प्रहरी र राष्ट्रिय प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको छ ।

यो प्रहरी कारबाही राष्ट्रपति युन सुक–योलले ‘मार्सल ल’ लागु गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा भएको बताइएको छ । योनहापको रिपोर्टअनुसार. छापा मार्दा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन् ।

गत हप्ता मंगलबार र बुधबारको बीचमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले देशमा ‘मार्सल ल’ लागु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर