सिरियामा इजरायलद्वारा लगातार हवाई आक्रमण

एजेन्सी, २५ मंसिर । इस्लामिक विद्रोहीले कब्जा जमाएर राष्ट्रपति बशर अल असदको सत्ता अपदस्त गरेसँगै इजरायलले सिरियामाथि हवाई आक्रमण सुरु गरेको छ । 

इजरायली युद्धक विमानहरुले सिरियामा १०० बढी ताजा हमला गरेको सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सले जनाएको छ ।

बेलायतस्थित यस मानवअधिकार संगठनका अनुसार इजरायलले दमास्कस, दारा, लताकिया र हमा शहरका सैन्य स्थललाई निशाना बनाएको छ । इजरायलले रासायनिक हतियार उत्पादनसँग जोडिएको एक अनुसन्धान केन्द्रमाथि समेत आक्रण गरेको आशंका गरिएको छ । 

इजरायलले भने चरमपन्थीहरुको हातमा हतियार जानबाट रोक्नका लागि काम गरिरहेको प्रतिक्रिया दिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मुलुकको सुरक्षाका लागि यो कारबाही जरुरी रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने