सिरियामा इजरायलद्वारा लगातार हवाई आक्रमण

एजेन्सी, २५ मंसिर । इस्लामिक विद्रोहीले कब्जा जमाएर राष्ट्रपति बशर अल असदको सत्ता अपदस्त गरेसँगै इजरायलले सिरियामाथि हवाई आक्रमण सुरु गरेको छ । 

इजरायली युद्धक विमानहरुले सिरियामा १०० बढी ताजा हमला गरेको सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सले जनाएको छ ।

बेलायतस्थित यस मानवअधिकार संगठनका अनुसार इजरायलले दमास्कस, दारा, लताकिया र हमा शहरका सैन्य स्थललाई निशाना बनाएको छ । इजरायलले रासायनिक हतियार उत्पादनसँग जोडिएको एक अनुसन्धान केन्द्रमाथि समेत आक्रण गरेको आशंका गरिएको छ । 

इजरायलले भने चरमपन्थीहरुको हातमा हतियार जानबाट रोक्नका लागि काम गरिरहेको प्रतिक्रिया दिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मुलुकको सुरक्षाका लागि यो कारबाही जरुरी रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर