अमेरिकाको नेपाल र एसिया नीतिमा निरन्तरता: डोनाल्ड लु

काठमाडौँ, २५ मंसिर । अमेरिकाले ट्रम्प प्रशासनमा पनि एसिया र नेपालसम्बन्धी हालको नीतिलाई निरन्तरता दिने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बताएका छन् ।

दुईदिने नेपाल भ्रमणमा आएका लुले सोमबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा अमेरिकाले नेपाल र एसिया क्षेत्रमा आफ्नो नीति परिवर्तन नगर्ने बताएका हुन् । नेपालका राजनीतिक दलहरू मिलेर ऊर्जा तथा सडक पूर्वाधार विकासमा ५० करोड अमेरिकी डलर अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन गर्नु राम्रो भएको उनले बताए । छिमेकी मुलुकसँग नेपालको राम्रो सम्बन्ध भएको अमेरिकाले हेर्न चाहेको पनि उनले बताए ।

लुले भने, ‘एमसीसी परियोजनाअन्तर्गत १० जिल्लामा १० हजार जनालाई रोजगारीको अवसर हुनेछ । यसमा नेपाली र अरू विदेशी कम्पनीले काम गरिरहेका छन् । जसले नेपाललाई एक वर्षमा विद्युत् निर्यात गरेर १० करोड डलरभन्दा बढी आम्दानी गराउनेछन् । नेपालमा सबै मिलेर एमसीसी परियोजना कार्यान्वयन गर्नु राम्रो हो ।’

दक्षिण र मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु बाइडेन प्रशासनको अन्त्यतिर र ट्रम्प प्रशासन सुरु हुनुअघि नेपाल भ्रमणमा आएका हुन् । उनले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । सोमबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालसँग भेटवार्ता गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने