ट्रम्पले जन्मसिद्ध नागरिकता खारेज गर्ने  

एजेन्सी, २४ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई देशबाट निष्कासन गर्ने योजना फेरि दोहोर्‍याएका छन् । 

एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले कार्यकालको पहिलो दिनमा नै जन्मको आधारमा अमेरिकी नागरिकता पाउने अधिकार खारेज गर्ने बताएका छन् ।

अमेरिकी संविधानको १४औँ संशोधन अनुसार अमेरिकामा जन्मेका कुनै पनि बालबालिकाले जन्मिनबित्तिकै अमेरिकी नागरिकता पाउँछन् । 

अन्तर्वार्ताका क्रममा ट्रम्पले नाटोका बारेमा राष्ट्रपति बनेपछि आफू त्यसबाट बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गर्ने बताएका छन् । उनले गर्भपतन चक्की प्रतिबन्ध नगर्ने वाचा पनि गरे । ट्रम्पले राष्ट्रपति बनेपछि फेडरल रिजर्भ (सेन्ट्रल बैंक) का अध्यक्ष जेरोम पावेललाई राजीनामा दिन आग्रह गर्ने कुनै योजना नभएको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७