सिरियाका राष्ट्रपति असद रूस पुगे

एजेन्सी, २४ मंसिर । विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् ।

रूसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको जनाएका हुन् । मिडिया रिपोर्टका अनुसार सिरियाका राष्ट्रपति असदलाई रूसले शरण दिएको छ ।

असद र उनको परिवारका सदस्यलाई ‘मानवीय दृष्टिकोण’का आधारमा रूसले शरण प्रदान गरेको स्रोतलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । बीबीसीले भने असद मस्कोमा रहेको रिपोर्टहरू सार्वजनिक भइरहे पनि आफूहरूले त्यसलाई पुष्टि गर्न नसकेको जनाएको छ ।

विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) आइतबार देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७