चितवनद्वारा सुदूरपश्चिमविरुद्ध ३३ रनको जित

काठमाडौँ, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध ३३ रनको जित निकालेको छ ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा चितवनको यो तेस्रो जित हो ।

चितवनले यसअघि पहिलो र दोस्रो खेलमा क्रमशः काठमाडौंविरुद्ध पाँच विकेटको र पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको थियो । तेस्रो खेलमा भने चितवनले कर्णाली याक्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो ।

सुदूरपश्चिमविरुद्ध लुम्बिनीका रिजन ढकाल, जान निकोल लोफ्टी इटोन, अमरसिंह रौटेला र कप्तान कुशल मल्लले समान दुई विकेट लिए । रजनले सैब जैब र नरेश साउदको विकेट लिए ।

इटोनले सुदूरपश्चिमका बज्वा र कप्तान दीपेन्द्रसिंह ऐरीको विकेट लिए । अमरसिंहले नरेश बुढाएर र इशान पाण्डेलाई पभेलियन फर्काए । यस्तै, कप्तान कुशलले विनोद भण्डारी र ब्रान्डन म्याकमुलमको विकेट लिएका थिए । 

यसबाहेक, रञ्जित कुमार र सोहेल तान्विरको नाममा एक विकेट रह्यो । रञ्जितले आरिफ सेखको विकेट लिँदा तान्विरले कुग्गेलेनलाई पभेलियन फर्काए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्