आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दै

काठमाडौँ, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई फरक स्थितीमा रहेको टिम जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स पहिलो खेलमा भिड्दै छन् ।

खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । एकातर्फ जनकपुर एक जितले प्लेअफ नजिक पुग्नेछ भने अर्कोतर्फ एक हारले लुम्बिनी लायन्सको प्लेअफ पुग्ने सम्भावना लगभग अन्त्य हुनेछ ।

अनिल शाहको कप्तानीमा रहेको जनकपुरले सुरुवाती तीन खेलमा शतप्रतिशत जित निकालेको छ । ६ अंक जोडेर जनकपुर अंकतालिकामा दोस्रो स्थानमा छ । सुदूरपश्चिम रोएल्स समान अंक भएपनि जनकपुर नेटरनरेटमा पछि रहेको हो ।

जनकपुरले उद्घाटन खेलमै विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो । त्यसपछि कर्णाली याक्सलाई पनि सोही नतिजामा हराएको जनकपुरले पोखरा एभेन्जर्समाथि ७ विकेटको जित हासिल गरेको थियो । जनकपुर लगातार चौथो खेल जितेर प्लेअफको नजिक पुग्ने लक्ष्यमा छ ।

उता राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी भने लगातार तीन खेल हारेर पूछारमा छ । एनपीएलमा सहभागि ८ मध्ये अहिलेसमसम् जितविहिन हुने एक्लो टोली लुम्बिनी नै हो । बाँकी ७ टोलीले कम्तीमा एक खेल जितेका छन् ।

लुम्बिनीका लागि जारी एनपीएलमा ३ खेल सकिँदासम्म कही राम्रो भएको छैन । एकातर्फ हारबाट प्रतियोगिताको सुरुवात । त्यसमाथि लगातार खेल्नुपर्ने बाध्यता  । अर्कोतर्फ लुम्बिनीको विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । यस्तै नेपाली खेलाडीबाट पनि सोचे अनुसारको प्रदर्शन देखिन सकेको छैन ।

कप्तान रोहित र विवेक यादवले एक-एक अर्धशतक बनाउनु बाहेक लुम्बिनीको अहिलेसम्म सम्झनलायक केही पनि छैन । लुम्बिनीलाई कम्तीमा प्लेअफ सम्भावना कायम राख्न र समर्थकहरुका लागि खुशी बनाउन भएपनि अब जनकपुरविरुद्ध जितको विकल्प छैन । प्रतियोगिता जति अघि बढ्दै गयो लुम्बिनीलाई अझ दबाब थपिँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू