इस्लामावाद, २३ मंसिर । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानी सेनाको शिविरमा बन्दुकधारीले आक्रमण गरी छ जना सैनिकको हत्या गरेको पाकिस्तानी सेनाले शनिबार जनाएको छ ।
उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको थाल जिल्लामा रहेको एक सैन्य शिविरमा ती सैनिकले बन्दुकधारीसँग ‘व्यापकरूपमा सशस्त्र झडप’ गरेको सेनाले जनाएको छ ।
ती सैनिकले तीन जना बन्दुकधारीको हत्या गरेको बताइएको छ । जिहादी र पृथकतावादी समूहहरूले अफगानिस्तानसँग जोडिएको पहाडी सीमामा सेना र प्रहरीलाई निशाना बनाउने गरेका छन् ।






