एजेन्सी, २३ मंसिर । सिरियाली विद्रोही समूहले मुलुकको तेस्रो सबैभन्दा ठूलो शहर होम्स आफुहरुको पूर्ण नियन्त्रणमा आएको जिकिर गरेका छन् ।
इस्लामिक विद्रोही समूहका नेता गोलानीले ‘होम्स शहर पूर्ण नियन्त्रण’मा रहेको यो ऐतिहासिक क्षण भएको जिकिर गरेका हुन् ।
यसअघि सिरियाली रक्षा मन्त्रालयले ‘इस्लामिक अतिवादीहरु होम्स शहर प्रवेश गरेको’ खबर निराधार रहेको बताएको थियो । एक अमेरिकी अधिकारीको हवाला दिंदै बेलायती समाचार संस्था बीबीसीले राजधानी दमास्कस नजिकका उपनगरहरु एक पछि अर्को गर्दै विद्रोहीको कब्जामा गइरहेको, उल्लेख गरेको छ ।
बीबीसीका मध्यपूर्व संवाददाता ह्यूगो बचेगाले, ‘विद्रोहीले होम्समा कब्जा जमाएको खण्डमा राष्ट्रपति बशर अल असदको शासन संकटमा परेको रुपमा बुझ्नुपर्ने विश्लेषण हुन थालेको’ उल्लेख गरेका छन् । विद्रोहीहरुले राजधानी कमास्कस नजिकै पुगिसकेको भनी घोषणा गरेसँगै भ्रम र भय दुवैको माहोल सिर्जना भएको छ ।







