भक्तपुर, २२ मंसिर । राष्ट्रको लागी २ घन्टा अभियानले हरेक हप्ता वातावरणीय सरसफाई अभियानमा जोडीने सम्पूर्ण याेग साधना गराउने भएको छ ।
अरनिको राजमार्ग अन्तर्गत राधेराधे क्षेत्रमा भएको बिरुवा संरक्षण, सम्वर्दन एवम सो क्षेत्र वरिपरिको सफाई कार्यक्रम सहभागी अभियन्ताहरुलाई योगसाधना गराउदै अभियानको ९२ औ हप्ताको सफाई कार्यक्रम सम्पन्न गरिएको अभियानका अध्यक्ष मधु ढुङेलले जानकारी गराए । अध्यक्ष ढुङेलले योग र वातावरणलाई सँग सँगै जोडेर लाने उद्देश्यले यसको थालनी गरेको प्रकाश पारेका छ्न् ।
पातन्जल याेग समिति नेपालका राष्ट्रिय अध्यक्ष बालमुकुन्द सुवालद्वारा सहभागी अभियन्तालाई योगसाधना गराएका थिए भने यसको संयोजन पातन्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुरले गरेको जिल्ला सचिव रिता पाख्रीनले अवगत गराईन ।
अभियानका उपाध्यक्ष नरेश रन्जितले झन्डै २० मिनेटको योगसाधनाबाट आफ्नो शरीरले विशेष उर्जा प्राप्त गरेको उल्लेख गर्दै यसलाई निरन्तर कार्यान्वयनमा ल्याउन भक्तपुर जिल्ला भित्रका यौगिक संघ संस्थाहरुलाई उपाध्यक्ष रन्जितले अपिल गरेका छ्न् ।
अभियानका महासचिव समेत रहेका राष्ट्रिय योग ध्यान आरोग्य सन्जालका महासचिव तथा योग जिल्ला समन्वय समिति भक्तपुरका सचिव नबराज काफ्लेले योग जिल्ला समन्वय समिति भित्र आवद्ध यौगिक संघ संस्थाहरुले योगसाधना गराउने गरि हरेक हप्तामा गरिने अभियानको कार्यक्रममा एउटा क्यालेन्डर बनाई प्रत्येक संस्थालाई जोडीने अवगत गराएका छ्न । साथै काफ्लेले देशभर सन्चालन गरिने हरेक सफाई अभियानमा योगलाई जोडन विशेष अपिल समेत गरेका छ्न् ।
आगामी ९३ औ हप्ताको अभियान कार्यक्रममा जीवन विज्ञानले योग साधना गराउने भएको अभियानका उपाध्यक्ष जयराज पौडेलले अवगत गराए ।







