कर्णालीले विराटनगरलाई हरायो

काठमाडौँ, २२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार भएको ‘लो स्कोरिङ’ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।

कर्णाली याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२६ रन मात्र बनाएपछि कर्णालीले रोमाञ्चक जित हात पारेको हो । सुरुवाती दुई खेलमा पराजित भएको कर्णालीले त्यसयता लगातार दुई खेल जितेको हो ।

विराटनगरका लागि निकोलस किर्टोनले सर्वाधिक ४० रन बनाए । ३९ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । लोकेश बमले १९ तथा दिपक बोहराले १८ रन जोडे । बलिङमा कर्णाली याक्सका नन्दन यादवले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । विपिन शर्मालेले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र युनिश ठकुरीले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले विलियम बोसिस्टो र देव खनालको अर्धशतक मदतमा निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।

बोसिस्टोले ४९ बल खेल्दै ५ चौका र३ छ्कका मदतमा सर्वाधिक ६६ रन बनाए । यस्तै ओपनर देवले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए । ९ रनमै २ विकेट गुमाएको कर्णालीका लागि बोसिस्टो र देवले तेस्रो विकेटमा १०२ रनको साझेदारी गरे । ओपनर शिखर धवन ५ रनमै आउट भए भने चाडविक वाल्टन र अर्जुन घर्ती समान १ तथा जिसान मक्सुद २ रनमा आउट भए । गुल्सन झा र नन्दन यादवले खाता खोल्न सकेनन् ।

विराटनगरका लागि प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा १७ रन मात्र खर्चिए । प्रतिशले अन्तिम ओभरमा मेडन राख्दै ३ विकेट लिए भने १ रनआउट भएको थियो । कर्णालीले अन्तिम ओभरमा कुनै रन जोड्न सकेन । जारी एनपीएलमा अन्तिम ओभरमा रन नबनेको यो पहिलो पटक हो ।

यस्तै बसिर अहमदले ४ ओभरमा २२ तथा क्रिस सोलले ४ ओभरमा २५ रन खर्चेर समान २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू