विराटनगर, २२ मंसिर । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपाललाई काहीँ कसैको ऋणको पासोमा पार्न काङ्ग्रेसले नदिने बताएका छन् ।
आज काङ्ग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दे उनले बीआरआईमा भएको सम्झौताबारे कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘हामी भारत, चीन, अमेरिका, युरोपसँग राम्रो सम्बन्ध राख्न चाहन्छौँ । तर, कसैको गठबन्धनमा जान चाहन्नौँ,’ ‘बीआरआई सम्झौता भयो । त्यसमा एउटा द्विविधा थियो । हामी नेपालले चाहे जस्तो मात्रै हुनुपर्छ भन्ने थियो । चीनले पनि आफ्नो चाहन्थ्यो । तर, हामीले कुनै पनि देशसँग ऋण लिएर देश विकास गर्ने अवस्थामा छैन । यो कुरा ढुक्क भएर हामीले भन्नुपर्छ । पोखरा विमानस्थलको ऋण अत्यन्तै खराब हो । बीआरआई लाई संसद्मा लिएर जाओैं । खुल्ला बहस गरौँ । पाकिस्तान र श्रीलङ्का के भयो हेरौं । हामीले नेपाललाई काहीँ कसैको ऋणको पासोमा पार्न दिँदैनौँ । काङ्ग्रेस छ ।’
उनले नागरिकहरूले अशिले भ्रष्टाचार, कुशासनको जन्जिरबाट निकाल्नुपर्छ भनिरहेको बताउँदै काङ्ग्रेस एमाले गठबन्धनले त्यो गर्ने विश्वास व्यक्त गरे । ‘काङ्ग्रेस र एमाले मिलेर सरकार बन्ने कुरा स्वाभाविक होइन । तर, यो के का लागि छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ । अब संविधानमा केही पुनरावलोकन हुनुपर्छ ।’