सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

काठमाडौँ, २२ मंसिर । सैफ जैबको सानदार ब्याटिङमा सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपीएलमा) लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको हो ।

ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ९० रन बनाए । शतकतर्फ अग्रसर भएका जैब १८औं ओभरको चौथो बलमा आउट भए ।  उनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४९ रनको साझेदारी गरेका थिए भने त्यसपछि दुई अर्धशतकिय साझेदारी गरे ।

जैब र ब्राण्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि जैब र कप्तान दीपेन्द्र सिंह ऐरीले ५३ रनको साझेदारी गरे । म्याकमुलेनले २० बलमा २३ तथा विनोदले १३ बलमा १७ रन जोडे । आरिफ शेख खाता नखोली आउट भए ।

कप्तान दीपेन्द्रले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा अविजित ३९ रन बनाए । स्कट कुगेलेइन ११ रनमा अविजित रहे ।बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेल र विवेक यादवले १-१ विकेट लिए ।

पहिले ब्याटिङ गर्दै बनेको यो दोस्रो ठूलो स्कोर हो । यसअघि लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्दै विराटनगर किंग्स विरुद्ध १९१ रन बनाएको थियो । तर विराटनगरले उक्त लक्ष्य चेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १३ असोज । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को उपाध्यक्ष पदमा चयन भएको छ ।  कतारको राजधानी दोहामा जारी बैंकको

काठमाडौँ, १३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १२ असोज । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन नेप्से सूचक १६.४७ अंक