एनपीएल : लुम्बिनीविरुद्ध पोखराको जित

काठमाडौँ, २१ मंसिर । आन्द्रियस गौस र दीनेश खरेलको कीर्तिमानी साझेदारीप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध १० विकेटको शानदार जित निकालेको छ ।

जारी प्रतियोगितामा पोखराको तेस्रो खेलमा यो पहिलो जित हो । पोखरा यसअघि पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गौसले शतक र दीनेशले अर्धशतक बनाएपछि लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा विकेट नगुमाई भेट्टायो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १३ असोज । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को उपाध्यक्ष पदमा चयन भएको छ ।  कतारको राजधानी दोहामा जारी बैंकको

काठमाडौँ, १३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १२ असोज । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन नेप्से सूचक १६.४७ अंक