पोखराविरुद्ध रोहितले बनाए अर्धशतक

काठमाडौँ, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको लुम्बिनीबाट ३३ बलमा ५० रन पूरा गरे । यसक्रममा उनले सात चौका र एक छक्का प्रहार गरे । जारी एनपीएलमा यो १०औँ अर्धशतक हो ।

जारी खेलको १२ ओभर सकिँदा लुम्बिनीले तीन विकेट गुमाएर ८६ रन बनाएको छ । हाल क्रिजमा रोहितसँगै रहेका टम मोरिस १४ रनमा खेलिरहेका छन् ।

लुम्बिनी र पोखरा आज पहिलो जितको खोजीमा छन् । लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । यता, पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू