प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ, २१ मंसिर । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग शीर्ष नेतृत्वसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले विहीबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त छलफल गरेका हुन् । छलफल सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको पदाधिकारी चयनका विषयमा केन्द्रित थियो । तर छलफलमा ठोस सहमति नभएको स्रोतले बतायो ।

दुवै आयोगको पदाधिकारी छनोट तथा सिफारिस समितिमा संस्थागत र व्यक्तिगत गरी १५६ जनाको आवेदन परेको छ । तीमध्येबाट आज संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी छ । त्यसका लागि समितिको बैठक आज दिउँसो दुई बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने