माछापुच्छ्रे बैँकका एक सञ्चालकको राजीनामा स्वीकृत

काठमाडौँ, २१ मंसिर । माछापुच्छ्रे बैँकका सञ्चालक हरिभक्त सिग्देलको राजीनामा स्वीकृत भएको छ ।

रामजानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रा.लि.बाट प्रतिनिधित्व गरेका सञ्चालक सिग्देलले मंसिर १४ गते सञ्चालक समितिसमक्ष दिएको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । 

त्यस्तै, सोही बैठकले दुई सञ्चालकको नियुक्ति समेत गरेको छ । त्यसमध्ये रामजानकी इन्भेष्टमेन्टको तर्फबाट नुवाकोट शिवपुरीका मुकुन्द महत र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त महोत्तरीको मटिहानीका अनिश साहलाई नियुक्त गरिएको बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने