कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँ : अर्थमन्त्री

काठमाडौँ, २० मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन् ।

आज सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा भैरहवामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुदघाटन गर्दै मन्त्री पौडेलले व्यवसायीलाई निराश नहुन आग्रह गर्दै पछिल्लो समय अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताए ।

उनले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउने बताए । निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर रहेको उनको भनाइ थियो । 

उनले भने, “हामी सरकारमा आउँदै गर्दा आर्थिक अवस्था, सामाजिक अवस्था लगायतमा समस्याको चाङ थियो, यो सरकार बनेपछि मानिसमा आशाको सञ्चार भएको छ”, “उद्योगी व्यापारीका समस्या हुन्छन्, मजदुरका समस्या हुन्छन, किशोरकिशोरीको समस्या अब समाधान हुन्छन् भन्ने आम नागरिकमा विश्वास हुँदै गएको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने