काठमाडौँ, २० मंसिर । मानव तस्करीमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयविरुद्ध परेको रिट निवेदन दर्ता भएको छ ।
सर्वोच्च प्रशासनले यसअघि गरेको दरपिठ आदेशलाई इजलासले बदर गरिदिएपछि बिहीबार रिट निवेदन दर्ता भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।
रिटको सुनुवाइ आगामी मङ्सिर २३ गते आइतबार हुने उनको भनाइ छ ।