काठमाडौँ, २० मंसिर । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ माघ ११ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
निर्माण युनिटले फिल्मको मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ रहेको एक पोष्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति जानकारी दिएको हो ।
फिल्म गत कात्र्तिक ३० मा रिलिजको तयारीमा थियो । कात्र्तिक १५ मा रिलिज भएको फिल्म ‘पुर्णबहादुरको सारंगी’ ले आक्रमक व्यवसाय गरेका कारण फिल्मको यो मितिमा स्थगित गरिएको थियो ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा ३२ वर्ष अघिको डकु–ड्रामा ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ ।