इजराइलद्वारा प्यालेस्टाइन माथि नरसंहार कहिले सम्म ?

एक्काइसौ सताब्दीको मानव सभ्यतामा यतिबेला मध्यपूर्व अमानवीय ढंगले जलिरहेको छ । इजरायली सरकारको सेनाले क्रुरतापूर्वक प्यालेस्टाइनको गाजाक्षेत्रमा मानवजातीको सर्वनास गरिरहेको छ अमेरिकी हतियारबाट पालित पोसित इजरायली सेनाले गाजा क्षेत्रको ८० प्रतिशत भाग नस्ट गरिसकेको छ । आजसम्मको तथ्यांक हेर्ने हो भने, त्यस क्षेत्रमा ४५ हजार ब्यक्तीहरु मारिएका छन् । जसमा अत्यधिक मात्रामा निसहाय बालबच्चा र निर्दोश महिलाहरु मारिएका छन् भने लगभग ११०००० ब्यक्तीहरु गंभिर रुपमा घायल भएका छन् । साथै लाखौ लाख जनताहरु निर्बासित भएका छन् ।

गाजामा प्यालेस्टाइनीहरु माथि इजराइलले गरेको बर्बर आक्रमण र अत्याचारले सिमानै नागेको छ । संयुक्त राष्टसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनहरु र शक्ती राष्ट्रहरुले मानबतामाथि गरिएको यो बर्बर र अमानुसिक अत्याचारलाई टुलुटुलु हेरेर बसेका छन् । अमेरिकाले त इजरायललाई हतियार बेचिरहेको छ । यतिबेला इजरायल छाडा छाडिएको साडे जस्तो भएको छ र उसमा मानवता भन्ने चिजनै हराएको छ । २०२३ नोभम्बरमा प्यालेस्टाइनी लडाकु शक्ति हमासले इजरायल भित्र छिरेर अन्धाधुन्द गोलि वर्षाई १२०० जति ब्यक्तीको हत्या गरेको र २५० जनाको अपहरण गरेको थियो । जसमा एक नेपाली विद्यार्थी पनि परेका छन् । त्यसैको प्रतिसोधको रुपमा इजरायलले गाजामा हालसम्म पनि आक्रमण जारि राखेको छ । १२०० को बदला ४५००० को मृत्यु भइसकेको छ गाजा खरानिको रुपमा परिणत हुन मात्र २० प्रतिशत बाकिरहेको छ ।

अस्पताल बिद्यालय विश्वविद्यालय प्यालेस्टाइनी सरकारी संरचनाहरु सबै ध्वस्त पारिएको छ । इजराइलले चिकित्सक नर्स र पत्रकारलाइ समेत निसाना बनाएको छ । जसको कारण सयौंको संख्यामा डाक्टर नर्स र पत्रकारहरु मारिएका छन् । गाजा यतिबेला डरलाग्दो खण्डहरमा परिणत भएको छ । मानवीय सहयोगको लागि गएका रेडक्रस तथा अन्य सहयोगका गाडिहरुलाई समेत निसानामा पारिएको छ । इजरायलले अमेरिकाको आडमा गरेको बिध्वंस कदापि न्यायोचित हैन र हुनसक्दैन । हमास लडाकुहरु इजरायलका शत्रु हुसक्छन तर गाजाका ति अबोध बालबच्चाहरु निसहाय महिलाहरु बृद्धव्यक्तिहरु को के दोस छ ? के तिनलाइ बाच्ने अधिकार छैन ? के यिनिहरुपनि इजरायलका शत्रूहुन यो न्यायोचित कदम हैन ।

अमेरिकाले इजरायलको यो प्रतिसोधको आगो तापि रहनेकि यसको जबाफ दिने संयूक्त राष्ट्रसंघले यसको जबाफ माग्नू पर्छ ।
बिगतको इतिहास हेर्ने हो भने संयुक्त्त राष्टसंघले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिइसकेको छ । आफनो सदस्य राष्ट्रमाथि गरियको यो अत्याचारलाई रोक्न के कुनै उपाय छैन । १२०० को बदला गाजा क्षेत्रलाई नै खरानि बनाउन यस्तो निर्लज्वतापूर्ण अपराध इजरायलले किन गरिरहेको छ । अमेरिका लगायत शक्तिराष्ट्रहरु इजरायललाई रोक्न किन सक्दैनन । यो गंभिर सबालहो । यसको जिम्वेवारी अमेरिका तथा पश्चिमा शक्तीहरुले लिनु पर्दछ । यो आधुनिक शताब्दी इतिहासमा जर्मनीको हिटलरले यहुदीहरुलाई धपायको जस्तो होइन, संसार धेरै अगाडि बडिसकेको छ । हरेक मानव जातिहरुले स्वतन्त्रतापूर्वक बाच्न पाउने अधिकार राख्दछन् । यसबाट अब कसैलाइ पनि बन्चीत गरिनु हुँदैन ।

काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको

काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ९ असार । पोखरामा भारतीय पर्यटक खचाखच भएपछि त्यहाका होटल भरिभराउ भएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष