विद्यार्थी बिदेसिने समस्या डरलाग्दो छ : सभापति देउवा

काठमाडौँ, १९ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेसिने समस्या डरलाग्दो रूपमा देखिएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै उनले मुलुकमा सञ्चालित क्याम्पसहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको बताए । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेमा नेपाली विद्यार्थी नै विदेश पलायन हुनु दुःखद् भएको उनले बताए । सभापति देउवाले युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक रहेको बताए । यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक भएको उनको भनाइ छ । 

उनले भने, ‘मुलुकमा सञ्चालित क्याम्पसहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको कुरा पनि आइरहेको छ । यी र यस्तै समस्याहरूको समाधानको ठोस उपाय खोज्नको लागि यस्ता बहस र कार्यक्रमहरूलाई निरन्तरता दिनु आजको आवश्यकता हो । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेछ ।’

उनले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताए । सभापति देउवाले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धीको ऐन ल्याउने विषयले निकै चर्चा पाएको उल्लेख गरे । उनले यी तीन वटै विधेयकहरू छिटो ल्याउन कांग्रेसले पहल गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ