सेयर बजार २५ अंकले घट्यो

काठमाडौँ, १९ मंसिर । सेयर बजार परिसूचक झण्डै २५ अंकले घटको छ ।

आज परिसूचक २४.९७ विन्दुले घटेर २७५०.८७ अंकमा आइपुगेको हो । बजारमा आज ९ अर्ब १३ करोड रुपैयाँ बराबरको २ करोड कित्ता भन्दा धेरै शेयर कारोबार भयो । आज बजारमा १०४ कम्पनीको शेयरमूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ । आठ कम्पनीको सेयरमूल्य स्थिर रहेको देखिन्छ । 

उपसमूहका आधारमा आज हाइड्रो, उत्पादनमूलक उद्योग र माइक्रोफाइनान्स समूह सामान्य रूपमा बढ्दा बाँकी उपसमूहका सूचक घटेका छन् । सबैभन्दा धेरै विकास बैंक समूह १.९४ प्रतिशतले घटेको देखिन्छ । 

बजारमा आज खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल हाइड्रोपावरका सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सपोर्ट माइक्रोफाइनान्स, एलआईसी नेपालको नकारात्मक सर्किट लाग्दा विशाल बजार कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशत भन्दा धेरैले घटेको छ । विगत दुई सातामा मात्रै झण्डै ७५ प्रतिशत मूल्य बढेको उक्त कम्पनीको मूल्य आज प्रतिकित्ता ६४२ घटेर ६ हजार ३७२ रुपैयाँमा झरेको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेसको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताएका छन्

काठमाडौँ, ५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि

काठमाडौँ, ५ माघ । विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे दक्षिण अमेरिकी महादेशको

काठमाडौँ, ५ माघ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडाध्यक्ष र सदस्यको मतपत्र