एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच  प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगितामा सुदूरपश्चिको यो पहिलो खेल हो । यता, विराटनगरको भने आज दोस्रो खेल हो । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । 

यी दुई टिमबीचको खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा विराटनगर सन्दीप लामिछाने र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिनेछ । यी दुवै खेलाडी राष्ट्रिय क्रिकेट टिमकासमेत नियमित सदस्य हुन् ।

यस्तै, आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी

काठमाडौँ, १३ असोज । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद

काठमाडौँ, १३ असोज । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । प्रहरीका अनुसार बागलुङको विभिन्न स्थानमा

काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी