अनिल शाहले बनाए अर्धशतक 

काठमाडौँ, १७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सबाट कप्तान अनिल शाहले अर्धशतक बनाएका छन् । 

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याइरहेको जनकपुरबाट अनिलले ३४ बलमा ५० रन पूरा गरे । उनले यसक्रममा ६ चौका र दुई छक्का प्रहार गरे । 

जारी प्रतियोगितामा अनिल अर्धशतक बनाउने तेस्रो ब्याटर हुन् । यसअघि विराटनगर किंग्स्का मार्टिन गप्टिल र जनकपुरका लहिरु मिलान्थाले अर्धशतक बनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू