एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौँ, १६ मंसिर । एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो दोश्रो खेलमा नेपालले आज साविक विजेता बङ्गलादेशसँग खेल्दैछ ।

यूएईको दुबई क्रिकेट रङ्गशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरू हुने छ । यसअघि अस्ति शुक्रवार नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो ।

अहिलेसम्म आठ पटक एशिया कप खेलिसकेको नेपाल भने एक पटक मात्र सन् २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो । यसैबीच आज हुने अर्को खेलमा अफगानिस्तान र श्रीलङ्काका युवा टोलीले खेल्दैछन् ।

प्रतियोगितामा एशियाका आठ देश सहभागी छन् । नेपाल रहेको समूह ‘बी’मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । नेपालले आफ्नो तेस्रो खेल मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्ने छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र

काठमाडौँ, १४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १४ असोज । सुक्खा पहिरोका कारण हेटौंडा-काठमाडौँ जोड्ने कान्तिकलोक पथ अवरुद्ध बनेको छ । ललितपुरको बागमती गाउँपालिका-३ ताकुर्चेमा सुक्खा पहिरो

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर