विराटनगरविरुद्ध जनकपुरको सहज जित 

काठमाडौँ, १५ मंसिर । लहिरु मिलान्था र हर्ष थाकेरको शतकीय साझेदारीप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १२८ रनको मध्यम लक्ष्य जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । १५.३ ओभरमा १२७–२ को स्थिति हुँदा थाकेरले चौका प्रहार गर्दै जनकपुरको जित पक्का गरेका थिए ।

जनकपुरको जितमा मिलान्थाले अविजित ७५ रन बनाए । उनले ५३ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । मिलान्थासँगै अविजित रहेका थाकेरले ३३ बलमा दुई चौकासहित २९ रन बनाए ।

१५–२ को नाजुक स्थितिबाट यी दुईले तेस्रो विकेटका निम्ति ११६ रनको शतकीय साझेदारी गर्दै जनकपुरलाई जितसम्म डोहोर्‍याए ।

जनकपुरले ओपनर आसिफ शेखलाई शून्य र कप्तान अनिल साहलाई पाँच रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । आसिफलाई पहिलो ओभरको चौथो बलमा क्रिस सोलले बोल्ड गरे । अनिल दोस्रो ओभरको अन्तिम बलमा प्रतिश जिसीबाट बोल्ड नै भए ।

जनकपुरविरुद्ध विराटनगर ब्याटिङ र बलिङ दुवैमा फितलो देखियो । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र

काठमाडौँ, १४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १४ असोज । सुक्खा पहिरोका कारण हेटौंडा-काठमाडौँ जोड्ने कान्तिकलोक पथ अवरुद्ध बनेको छ । ललितपुरको बागमती गाउँपालिका-३ ताकुर्चेमा सुक्खा पहिरो

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर