सरकारविरुद्ध हिंसात्मक आन्दोलन गर्ने चाँगुनारायण नगरपालिका मेयरको चेतावनी

भक्तपुर, १४ मंसिर । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सरकारविरुद्ध हिंसात्मक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

भक्तपुरदेखि नगरकोट पुग्ने सडक पुनर्निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि राज्यले बेवास्ता गरेको भन्दै नगरपालिकाले अब कडा कदम चाल्नुपर्ने अवस्था आएको बताए । शुक्रबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको “नगरकोट भ्रमण वर्ष २०८२ को तयारी र समग्र चाँगुनारायण नगरपालिकाको समृद्धि” विषयक अन्तरक्रियामा बोल्दै नगरप्रमुख खत्रीले भने, “हामीले यतिसम्म गर्यौं कि यो राज्य र क्षेत्र हेर्ने मान्छेसँग नगरपालिका लाग्नुपर्ने बाध्यकारी अवस्था होकी भनेर हामीले अनुभव गरिसक्यौँ।  अब यो लोकतान्त्रिक रूपले सम्बन्धित जिम्मेवारी लिएको विभाग र नेपाल सरकारले यो विषयलाई नजर अन्दाज गरेर मानिसमा वितृष्णा पैदा हुनेगरि काम गरेर हामी आजित भैसक्यौँ।  म सञ्चारकर्मी मार्फत आग्रह गर्न चाहन्छु यदि नगरकोटको बाटो भ्रमण वर्षलाई प्रभावित पर्नेगरी सम्बन्धित निकायले सडक विभाग , नेपाल सरकारको भौतिक पूर्वाधार मन्त्रालय र सङ्घीय सरकारले यसलाई नजरअन्दाज गर्ने हो भने नगरपालिका  यो सरकारका विरुद्ध हिंसात्मक आन्दोलनमा जान परेपनि पछि पर्ने छैनौँ। “

उनले नगरकोट भ्रमण वर्ष २०८२ को सम्पूर्ण तयारी लगभग पूरा भइसकेको भए पनि सडक पुनर्निर्माणको कामले गति लिन नसकेको बताए। उनका अनुसार भ्रमण वर्ष वैशाख १ गतेदेखि सुरु हुनेछ तर सडकको दुरावस्था कायम रहे भ्रमणलाई नकारात्मक प्रभाव पर्ने छ । नगर प्रमुख खत्रीले राज्यका सम्बन्धित निकायहरूलाई पटकपटक ध्यानाकर्षण गराउँदै आइरहे पनि समस्याको समाधान गर्न चासो नदेखाइएको आरोप लगाए। उनले भने सरकारको उदासीनता र लापरवाहीकै कारण हामी हिंसात्मक आन्दोलन गर्न बाध्य हुने बताए । उनले जनताको चासो र मागको अनादर गरेर सरकारले स्वयं जनआक्रोश निम्त्याउने काम गरेको बताए ।

सडकको निर्माण सम्पन्न नभएसम्म भ्रमण वर्ष प्रभावकारी रूपमा सफल नहुने तर्क गर्दै खत्रीले सडक जस्तो आधारभूत पूर्वाधार निर्माण नभएसम्म नगरपालिकाको सम्पूर्ण तयारीले अर्थ नराख्ने सङ्केत गरे । उनले हिंसात्मक आन्दोलनको स्वरूप भने खुलाएनन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै  चाँगुनारायण नगरपालिका ६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले नगरकोट पर्यटकीय मात्र होइन ऐतिहासिक र पुरातात्विक र प्राचीन किम्वदन्तीका समेत अनेकौँ कथा बोकेको स्थल भएकोले भ्रमण वर्ष सफल पर्न यस्ता कुराहरू पनि समेट्न जरुरी रहेको बताए । सोसाइटीको अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन केशव लुइँटेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ मंसिर । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।  भर्ना छनौट निर्देशनालयले आज एक  सूचना

काठमाडौँ, २८ मंसिर । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक

काठमाडौँ, २८ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले

काठमाडौँ, २८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।