पाकिस्तानमा इमरान खानकी श्रीमतीविरुद्ध मुद्दा दर्ता

एजेन्सी, १४ मंसिर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमतीविरुद्ध पाकिस्तानमा मुद्दा दर्ता भएको छ ।

नोभेम्बर २४ मा भएको आन्दोलनका सम्बन्धमा उनीविरुद्ध यो मुद्दा दर्ता भएको हो । इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा पीटीआई कार्यकर्ता र समर्थकहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरू इस्लामवाद छिरेका थिए ।

यही विरोध प्रदर्शनको मामिलामा बुशरा बीबी र पीटीआई नेता हाकिम खानसहित ३०० जनामाथि मुद्दा हालिएको हो । नोभेम्बर २४ मा पीटीआई नेताहरूको नेतृत्वमा करिब ३ सय जना कार्यकर्ता लाठी, फलामको रड, ढुङ्गा र गुलेली लिएर इस्लामाबाद पुगेको प्रहरीले दर्ता गरेको एफआईआरमा भनिएको छ ।

प्रदर्शनकारीहरूलाई शहरमा धारा ४४ लागू भएको बारे सूचित पनि गरिएको पुलिसले एफआईआरमा उल्लेख गरेको छ । तर त्यसपछि पनि प्रर्दशनकारीहरूले प्रहरीमाथि आक्रमण गरेको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७