युक्रेनद्वारा रुसमाथि अमेरिकी क्षेप्यास्त्र आक्रमण

एजेन्सी, १२ मंसिर । युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट पहिलो पटक आफ्नो वायु रक्षा प्रणाली बेसमा क्षति पुगेको रुसले स्वीकार गरेको छ ।

यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ । अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको एस ४०० वायु रक्षा प्रणालीलाई युक्रेनले लक्षित गरेको बीबीसीले जनाएको छ ।

केही दिन अघि मात्र अमेरिकाले युक्रेनलाई रुसविरुद्ध लामो दूरीको मिसाइल प्रयोग गर्न हरियो सङ्केत दिएको थियो । एक हजार दिनभन्दा बढी समयदेखि चलिरहेको यस युद्धमा पहिलो पटक यति शक्तिशाली हतियार प्रयोग भएको मानिएको छ ।

यसैबीच युक्रेनी वायु सेनाले अस्ति सोमवार राति रुसले १ सय ८८ ड्रोनबाट आक्रमण गर्दा केही आधारभूत संरचनामा क्षति पुगेको बताएको छ । त्यसयता युक्रेन र रुसबीच तनाव उत्कर्षमा पुगेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर