पाकिस्तानमा इमरानका ५०० जना समर्थक पक्राउ

इस्लामवाद, १२ मंसिर । इस्लामावादको डी चोकमा जम्मा भएका पीटीआई समर्थकहरूविरुद्ध पुलिस र सुरक्षा बल लगाएर व्यापक कारबाही गरेको पाकिस्तान सरकारले मङ्गलवार बताएको छ ।

प्रहरीका अनुसार इमरान खानको पार्टीसँग सम्बद्ध करिब ५०० प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । इमरान खानकी श्रीमती बुशरा बीबी बेपत्ता भएको खबरका बिच उनी खैबर पख्तुनख्वा प्रान्तमा भएको खुलासा भएको छ ।

बीबीसी उर्दूका अनुसार पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पेशावरका अध्यक्ष अरबाब नसीमले छिट्टै पत्रकार सम्मेलन गर्ने बताएकी छिन् । अर्कोतर्फ, पीटीआईले आफ्नो प्रदर्शन स्थगित गर्ने घोषणा गरेको छ । यसअघि पीटीआईले बुशरा बीबीलाई विरोध स्थल इस्लामावादको डी चोकबाट अपहरण गरिएको दाबी गरेको थियो ।

बीबीसी उर्दूका अनुसार प्रहरीले अन्धाधुन्ध गोली चलाएको र अश्रु ग्यास प्रहार गरेको आरोप पीटीआईले लगाएको छ । सामाजिक सञ्जालमा केही भिडियो भाइरल भइरहेका छन्, जसमा ठुलो सङ्ख्यामा प्रदर्शनकारी घाइते भएका र केहीको मृत्यु भएको पनि बताइएको छ । रातभरि चलेको रेन्जर्स र प्रहरी कारबाहीको पीटीआईले निन्दा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर