सन् २०२३ को अक्टोबरदेखि साढे ११ हजार प्यालेस्टिनी इजरायलको हिरासतमा

रामल्ला, १० मंसिर । सन् २०२३ अक्टोबर ७ देखि इजरायलको जेलमा वेस्ट ब्यांक र जेरुसेलमका प्यालेस्टिनीहरूको संख्या बढेर ११ हजार ८०० भन्दा बढी पुगेको छ, जसमा ४३५ जना महिला ७७५ बालबालिका र १३६ पत्रकार रहेका छन् ।

बन्दी मामिला आयोग, प्यालेस्टिनी प्रिजनर्स क्लब र प्रिजनर सपोर्ट एन्ड ह्युमन राइट्स एसोसिएसन (एडडमीर)ले संयुक्त विज्ञप्तिमा प्यालेस्टिनीमाथि इजरायली आक्रमण सुरु भएदेखि प्रशासनिक नजरबन्द आदेश १० हजार नाघेको जनाएका छन् ।  जसमा नवीकरण आदेशहरू केही बालबालिका तथा महिलाहरूविरुद्ध जारी गरिएको थियो ।

विज्ञप्तिका अनुसार अक्टोबर ७ देखि कम्तीमा ४५ कैदी इजरायली जेलमा सहिद भएका छन् । यसैगरी धेरै हिरासतमा सहिद भएकाहरूको इजरायली अधिकारीहरूले पहिचान गरेका छैनन् भने  दर्जनौँलाई मृत्युदण्ड दिइएको छ । आधिकारिक रूपमा मृतक घोषणा गरिएका ४३ जना सहिदको शव अझै पनि इजरायली अधिकारीहरूले गुपचुप राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

बन्दीहरूमा आक्रमण सुरु भएदेखि नै उनीहरूको घर तथा सैन्य चौकीहरूमा पक्राउ परेका, दबाबमा आत्मसमर्पण गरेका र बन्धकको रूपमा राखिएका व्यक्तिहरू समावेश छन् । क्यूएनए

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर